संवैधानिक आयोगमा नियुक्ति ओलीको स्वेच्छाचारी कार्य: भीम रावल
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका नेता भीम रावलले बुधबार गरिएको संवैधानिक नियुक्तिका विषयमा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रतिक्रिया दिँदै नेता रावलले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेका बेला संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी गरिएको भन्दै नियुक्ति र सपथप्रति विरोध जनाएका हुन्।
‘सर्वोच्च अदालतमा मुद्दा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र सपथ गराउने काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको काम संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने अर्को स्वेच्छाचारी कार्य हो। यो निन्दनीय छ’, रावलले लेखेका छन्।
प्रतिकृया दिनुहोस्