August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

संवैधानिक निकायका पदाधिकारीले लिए सपथ

काठमाडौं– विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीहरूको सपथ लिएका छन्। बुधबार बिहान राष्ट्रपति भवन शितलनिवासमा उनीहरूले सपथ लिएका हुन्। 

आयोगका अध्यक्ष/ प्रमुख आयुक्तलाई राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले र सदस्यहरूलाई सम्बन्धित आयोगका अध्यक्षले सपथ गराएका राष्ट्रपतिका सञ्चार  विज्ञ टीका ढकालले बताए।

सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलगायत सहभागी भएका थिए।

तर, सभामुख अग्निप्रसाद सापकोटा भने सपथ समारोहमा सहभागी भएनन्। सभामुख सापकोटा नियुक्ति सिफारिसको निर्णय गरिएको मंसिर ३० गतेको बैठकमा पनि अनुपस्थित थिए। केही दिनअघि सभामुख अग्निप्रसाद सापकोटाले सिफारिस पत्र सक्कलै फिर्ता गरिदिएका थिए। 

सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन पनि अनुपस्थित थिए। 

शीर्ष समाचार

धेरै पढिएको