August 9, 2022, Tuesday
२०७९ श्रावण २५, बुधबार
KN hd tv

संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं- बुधबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। बुधबार साँझ ५ बजेका लागि बोलाइएको बैठक स्थगित भएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले बताए। अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगित भएकाे उनले बताए।

यसअघिको संवैधानिक परिषद् बैठकले विभिन्न संवैधानिक निकायमा गरेका नियुक्ति सिफारिसको सक्कलै पत्र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएपछि फेरि बैठक आह्वान गरिएको थियो।

मंसिर ३० गते संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर सोही दिन साँझ बसेको बैठकले अख्तियार दुरूपयोग अुनसन्धान आयोगका प्रमुखसहित विभिन्न संवैधानिक निकायका पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो। 

शीर्ष समाचार

धेरै पढिएको