झापामा आगलागीमा परी एक जनाको मृत्यु, तीन घर जलेर नष्ट
- Khabar Nirantar
- २०७७ माघ १९
काठमाडौं- झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ। गएराति घेराबारीका गोबर्धन राजवंशीको घरमा आगलागी हुँदा करिब ६० वर्षीय वृद्ध गोबर्धनको मृत्यु भएको हो।
आगलागीबाट तीन घर पूर्ण रुपमा जलेर नष्ट भएका प्रहरीले जनाएको छ। आगलागीको जानकारी पाउनासाथ प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरी, स्थानीयवासी, नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो।
आगलागीबाट राजवंशीका तीन घर जलेर नष्ट भएका छन्। आगलागीबाट एउटा गाई, दुई वटा बाछा र तीन वटा बाख्रा मरेका प्रहरीले जनाएको छ।
शीर्ष समाचार
- बाबुराम भट्टराईको शीर्ष नेताहरुसँगको भेटघाट र चुनावी विषयमा छलफल जारी
- गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता
- नेप्से परिसूचकमा १९.०६ अंकको गिरावट
- पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल
धेरै पढिएको
-
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
सत्ता गठबन्धनको बैठकआज बालुवाटारमा बस्दै
२०७९ श्रावण २० -
आज काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजबाट १ जना पक्राउ
२०७९ श्रावण १८ -
गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
२०७९ श्रावण २६
प्रतिकृया दिनुहोस्