April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

बागमती प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित

बागमती- बागमती प्रदेश सभाको बैठक सूचना टाँस गरी आगामी फागुन २ गते सम्मका लागि स्थगन भएको छ। आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको प्रदेश सभा सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ। 

प्रदेश सभा सचिव कृष्णहरि खड्काका अनुसार विशेष कारण स्थगित गरिएको बैठक आगामी फागुन २ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। माघ ९ गते बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित भएको थियो।

आगामी बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बताइएको छ। बागमती प्रदेश सभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, विवेकशील साझा दलका तीन, राप्रपाका दुई, नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य रहेका छन्।     

शीर्ष समाचार

धेरै पढिएको