April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
KN hd tv

प्रचण्ड–माधव पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं- नेकपाको प्रचण्ड–माधव पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक भोलि, सोमबार बिहान ११ बजे कार्की ब्यांक्वेटमा बस्ने केन्द्रीय सदस्य श्रीराम ढकालले बताए।

प्रतिनिधि सभा विघटनविरुद्ध संघर्ष गरिरहेको यो समूहले अहिलेसम्मको आन्दोलनको समीक्षा र भावी कार्यक्रमका विषयमा केन्द्रीय कमिटीमा छलफल गर्ने जनाएको छ।

माघ ९ गते काठमाडौंमा जनसभा गरेको प्रचण्ड–माधव पक्षले फेरि माघ २८ गते काठमाडौंमै सभा गर्ने तय गरिसकेको छ। माइतीघरमा बुधबारदेखि जारी धर्ना भने आज अन्त्य गरिएको छ।

यो समूहले यसबीचमा बुटवल, विराटनगर र धनगढीमा जनप्रदर्शन गरेको थियो। सभालाई अध्यक्षद्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गरेका थिए।

शीर्ष समाचार

धेरै पढिएको