April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
KN hd tv

कोभिडको खोप लगाएका व्यक्तिबाट अन्यलाई भाइरस सर्न सक्ने, सतर्क रहन विज्ञको आग्रह

काठमाडौँ – कोभिड–१९ विरुद्धको खोप लिएको व्यक्तिबाट अन्य व्यक्तिलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन विज्ञहरुले आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाब दिएका हुन् ।

हालसम्म कुनै पनि खोपको प्रभावकारिता शत्प्रतिशत नदेखिएकाले खोप लगाइसकेपछि पनि संक्रमण हुँदैन वा आफूबाट अरुलाई सर्दैन भन्नेमा ग्यारेन्टी नहुने उनको भनाइ छ ।

खोपको दुबै मात्रा प्राप्त गरेका व्यक्तिलाई पनि पुनः संक्रमण भएको देखिएकाले स्वास्थ्य सावधानी अपनाउनुको विकल्प नभएको डा सापकोटाले बताए ।

शीर्ष समाचार

धेरै पढिएको