August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

प्रतिनिधि सभा विघटन विरुद्धको धर्नामा सहभागी भए प्रचण्ड र नेपाल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय (प्रचण्ड–माधव पक्ष) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल माइतीघरको धर्नामा सहभागी भएका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव पक्षले बुधबारदेखि माइतीघर मण्डलमा जारी राखेको साताव्यापी धर्नामा आज प्रचण्ड र नेपाल पनि सहभागी भएका हुन्। यसबीचमा उनीहरू काठमाडौं उपत्यकाबाहिरको कार्यक्रममा सहभागी भएकाले धर्नामा पुगेका थिएनन्।

धर्नामा विघटित प्रतिनिधि सभाका सदस्यसँगै राष्ट्रिय सभा, प्रदेश सभा र संविधान सभाका सदस्यहरू सहभागी हुँदै आएका छन्। 

यो समूहले शनिबार धनगढी, शुक्रबार विराटनगर र बिहीबार बुटवलमा जनप्रदर्शन गरेको थियो। जसलाई प्रचण्ड र नेपालले सम्बोधन गरेका थिए।

२८ गते काठमाडौंमा ‘विशाल जनसभा’को तयारी गरेको यो समूहले यसअघि माघ ९ गते पनि काठमाडौंमा प्रदर्शन र सभा गरेको थियो। 

शीर्ष समाचार

धेरै पढिएको