August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

तीन दिनभित्र प्रधानमन्त्री ओलीलाई अदालतमा उपस्थित गराउन माग

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलनामा तीन दिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन अधिवक्ताहरूले माग गरेका छन्। 

बिहीबार सर्वोच्चमा जारी बहसका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले ओलीले फौजदारी अवहेलना गरेको भन्दै उनलाई उपस्थित गराएर लिखित जवाफ पेश गराउन माग गरे। 

प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा र कञ्चनकृष्ण न्यौपाने निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमा बहस गर्दै कानून व्यवसायीहरूले ओली स्वयंलाई अदालतलमा बोलाउन माग गरेका हुन्।

शीर्ष समाचार

धेरै पढिएको