August 9, 2022, Tuesday
२०७९ श्रावण २५, बुधबार
KN hd tv

प्रतिनिधि सभा पुनःस्थापित भइदियोस् भन्ने लागेको छ : वामदेव गौतम

काठमाडौं- विभाजित नेकपालाई पुनः एकतामा ल्याउने प्रयत्नमा लागेका उपाध्यक्ष वामदेव गौतमले आफूलाई प्रतिनिधि सभा पुनःस्थापित भइदियोस् भन्ने लागेको बताएका छन्।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पार्टी एकता राष्ट्रिय अभियानको घोषणा कार्यक्रममा सम्बोधन गर्दै गौतमले पुनःस्थापनाको पक्षमा धारणा राखेका हुन्।

‘तपाईंको भित्री धारणा के छ भनेर सोध्नुभयो भने, पार्टी एकता गराउन सकिन्छ भन्ने भएको हुनाले पुनःस्थापना भइदिए हुन्थ्यो मेरो भित्री धारणा हो’, उनले भने।

शीर्ष समाचार

धेरै पढिएको