August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

विश्व रेकर्डधारी नेपाली पर्वतारोही टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं – हिउँदयाममा विश्वको दोस्रो सबैभन्दा अग्लो हिमाल केटु आरोहण गरेर विश्व रेकर्ड बनाएका नेपाली आरोहीहरु काठमाडौं फर्किएका छन् । निर्मल पुर्जासहितको टोलीलाई मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छा र खादासहित स्वागत गरिएको छ । स्वागतका लागि टानका प्रतिनिधिहरु विमानस्थल पुगेका थिए ।

नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए । नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले स्थानीय समयअनुसार शनिबार साँझ ५ः४५ बजे ८ हजार ६११ मिटर अग्लो माउन्ट केटुको सफल आरोहण गरेका थिए ।

दश आरोहीमध्ये निर्मल पुर्जाले अक्सिजनविना नै आरोहण गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको