August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

२४ घण्टामा देशभर थपिए ३३९ कोरोना संक्रमित, ४०१ जना निको, १० को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशैभरी ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ८५८ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १५४ जनासहित देशैभरी ३३९ जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका ३३९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४०१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४०१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ । निको हुनेको यो दर ९८.१ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी १० जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका १० जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका १० जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०११ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको