August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

बेहुला हुँदा यस्ता देखिए, मुख्यमन्त्री राई

काठमाडौं– प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र मोडल ज्याङ्मु शेर्पाले आज लगानगाँठो कसेका छन् । काठमाडौंमा भएको विवाह समारोहका लागि मुख्यमन्त्री राई जन्ती लिएर नक्सालस्थित एलिश रिसेप्शन पुगेका हुन् । कोरोना संक्रमणका कारण सिमितमात्र जन्ती बनाइएको छ ।

विवाह साइतअनुसार आइतबार बिहान टिकाटालो गरेका छन् । ‘मिस मंगोल नेपाल–२०१८’की विजेता ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हो । आज हुने विवाह समारोहमा करिब पाँच सय जनालाई निम्तो दिइएको बताइएको छ । अतिथि तथा निम्तालुहरुलाई विवाहमा सहभागीका लागि ३ बजेको निमन्त्रणा कार्ड दिइएको छ ।

यस्तै भोली सोमबार विराटनगरमा पनि विवाह भोज दिँदैछन् । त्यसका लागि सबै तयारी भइसकेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको