August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

संसद विघटनको विरोध गर्ने देशद्रोही हुन : प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्ने देशद्रोही भएको बताएका छन् । उनले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनमा देशको विरुद्धमा काम गर्ने देशद्रोही तत्वलाई ठेगान लगाउन पनि आग्रह गरेका छन् ।

आइतबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री अ‍ोलीले देशमा अस्थीरता सिर्जना गर्ने तत्वहरुले नै संसद विघटनको विरोध गरेको बताए ।

‘संसद विघटन भयो भनेर कराउने मान्छेहरु संविधान, लोकतन्त्र विरोधी देशद्रोही, जनविरोधी मान्छे हुन् । देशमा अस्थीरता सिर्जना गर्ने, स्थिरता हुन नदिने र बहुमतको सरकार तोडेर जोडजाम सरकार बनाएर स्थिरताको नाटक गर्ने , चुनिएर आएपछि संसदमा पाँचै वर्ष जागिर खान पाउनुपर्छ भन्ने’, उनले भने, ‘सांसद भनेको जागिर हो ? उनीहरुको तर्क पाँचै वर्ष जागिर खान पाउनुपर्छ । यो स्थायी जागिर हो ? जनता र देशको सेवा गर्नुपर्ने ठाउँमा देशको सेवा नगरेर अरुको इशारामा अरुका लागि काम गर्ने भएपछि स्थिरताका लागि ताजा जनादेशमा गएका हौं ।’

उनले आफूसहित सांसदहरुले विगतका दिनहरुमा कस्तो काम गरेर भनेर आगामी निर्वाचनमार्फत मूल्यांकन गर्न पनि जनतालाई आग्रह गरेका छन् । उनले आफूले जनताको पक्षमा फैसला गरेकाले तानाशाह भन्न नहुने बताए । उनले आफू शासक हुन्छु, जालझेल गरेर तिकडम गरेर मै शासनमा रहन्छु नभनेको स्पष्ट पारेका छन् ।

‘कुन सांसदले कस्तो काम गरेका छन् जनताले मूल्यांकन गर्नुपर्यो । त्यसअनुसार पुरस्कृत गर्ने वा सजाय गर्ने । मैले आफ्नो हातमा लिएको छैन् । आफ्नो हातमा लिएको भए तानाशाह हुन्थ्यो जनताकाबीचमा तपाईहरु फैसला गर्नुसभन्दा म तानाशाह भएँ ?’, उनले भने, ‘मैले त फैसला गरेको छैन् । मै शासक हुन्छु, जालझेल गरेर तिकडम गरेर मै शासनमा रहन्छु भनेको छैन् । मेरो काम के भयो जनताले मूल्यांकन गर्नुस र अरुका पनि काम के भए त्यो पनि मूल्यांकन गर्नुस् भनेको छु । तपाईहरु कुनै पनि अलमलमा नपर्नुस् ।’

त्यस्तै प्रधानमन्त्री ओलीले दुई वटा किड्नी फेर्ने प्रधानमन्त्री विश्वमा कोही नभएको बताए । उनले विश्वमै दुई वटा किड्नी हुने प्रधानमन्त्री कोही नभएको बताए । उनले दुई वटा किड्नी फेरेको प्रधानमन्त्री विश्वमा अरू कोही नभएको दाबी गरे ।

‘आँखामा चस्मा मैले किन लगाएको ? यदि लगाइनँ भने म पढ्न सक्दिनँ । त्यसकारण त्यो पनि अलिकति अपाङगता हो ।

शीर्ष समाचार

धेरै पढिएको