August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

शिकार क्रममा भरूवा बन्दुकको छर्राले लागेर एकजनाको मृत्यु

पाल्पा – शिकार खेल्न जानेक्रममा पाल्पामा भरूवा बन्दुकको छर्राले लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको रिब्दीकोट गाउँपालिका – ८ दानसिङडाँडाका १३ वर्षीय लक्ष्मण छहारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।

सिकार खेल्न जानेक्रममा गएराती ९ बजे उनलाई छर्राले लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो। शिकार खेल्न गएका अन्य तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रैनादेवी छहरा गाउँपालिका वडा-४ भर्माटुङ बस्ने १७ वर्षीय  ज्ञानबहादुर गाहा, १४ वर्षीय कमल राना, रिब्दीकोट गाउँपालिका -८  दानसिङडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई नियन्त्रणमा लिएको उनले बताए। 

शीर्ष समाचार

धेरै पढिएको