August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

काठमाडाैं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन। देउवा निवास बुढानीलकण्ठमा वर्तमान र पूर्वपदाधिकारीलाई डाकिएको छ। समसामयिक विषयमा छलफल गर्ने भनि बोलाइएको नेता अर्जुनरसिंह केसीले जानकारी दिए।

सडक प्रदर्शनको समीक्षा, प्रदेशमा आएको अविश्वास प्रस्तावलगायतमा छलफल हुनसक्ने नेता केसीले जानकारी दिए। बैठकका लागि बोलाइए पनि जिल्लाका कार्यक्रममा नुवाकोटमा भएकाले उपस्थित हुन नसक्ने उनले बताए।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकका लागि बुढानीलकण्ठ बोलाइएको जानकारी दिए। समसामयिक विषयमा छलफल हुने उनले बताए। १० बजेपछि बैठक बस्ने तय गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको