August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि पाँचौ दिनको बहस जारी

काठमाडाैं-प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथिको पाँचौ दिनको बहस सर्वोच्च अदालतमा जारी रहेको छ। गत आइतबारदेखि मूल विषयमा प्रवेश गरेको इजलासमा रिट निवेदकका तर्फबाट बहस भइरहेको छ।

प्रतिनिधि सभा विघटनविरुद्ध १३ रिट दर्ता भएका थिए। सबै रिटको संवैधानिक इजलासमा बहस भइरहेको छ। आइतबारबाट सुरु भएको बहसमा बोल्ने वकिलहरुले समय बढी लिएपछि बढीमा आधा घन्टाको समय बुधबारबाट निर्धारण गरिएको छ। बुधबारसम्म २० जनाले रिटको पक्षमा बोलेका छन्। 

बिहीबार अधिवक्ता ओमप्रकाश शर्मा र समृद्ध खरेलले बहस सकेका छन्।

शीर्ष समाचार

धेरै पढिएको