August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

शिक्षण स्ययमसेवक नराख्न सर्वोच्चको आदेश

काठमाडौं – शिक्षण स्वयमसेवक नराख्न सर्वोच्चले आदेश दिएको छ । अदालतले सामुदायिक विद्यालयमा शिक्षण स्वयम्सेवक नियुक्त गर्ने सरकारको योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले शिक्षण स्वयम्सेवक नियुक्त गर्ने योजना अर्को आदेश नआएसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

‘संविधानत दिएको एकल सुचीका अधिकारहरू माथि संघिय सरकारको गिद्वे नजरको विरूद्वमा हो ।’ नगरपालिका महासंघका महासचिव ढुंगानाले भने ‘यसले संविधानको रक्षा गर्नुका साथै अयोग्य कार्यकर्तालाई जागिर खुहाउने कम्युनिस्ट सरकारको षड्यन्त्र पनि असफल भएको छ , यो देशभरका सबै स्थानिय तहको विजय हो ।’

संघीय सरकारले स्थानीय तहको अधिकारमा हस्तक्षेप गरी शिक्षक नियुक्त गर्न लागेको भन्दै ढुंगानाले त्यसलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

अदालतको आदेश


शीर्ष समाचार

धेरै पढिएको