August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

प्रतिनिधि सभा विघटनविरुद्वको मुद्दामा सुनुवाई सुरु

काठमाडौं -प्रतिनिधि सभा विघटनविरुद्वको मुद्दामा सुनुवाई सुरु प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामाथि संवैधानिक इजलासमा आजपनि सुनुवाई सुरु भएको छ । अहिले इजलासमा रिट निवेदकका तर्फबाट अधिवक्ता दिनमणि पोखरेलले बहस गरिरहेका छन् ।

आइतबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भएकोमा वकिलहरुले बहस गर्ने क्रम जारी रहेकाले मुद्दा हेर्दाहेर्दैमा राखेका थिए । आइतबार रिट निवेदककर्ताको तर्फबाट अधिवक्ताहरु भीमार्जुन आचार्य, बद्रीराज भट्ट, सुनील पोखरेललगायतले बहस गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेपछि विघटन असंवैधानिक भएको भन्दै अदालतमा रिट परेका थिए । झण्डै एक दर्जन हाराहारीमा परेका रिटमाथि आइतबारदेखि अदालतको संवैधानिक इजलासमा सुनुवाई भईरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको