August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

पूर्व प्रधानन्यायाधीशको विज्ञप्तिमाथि प्रधानमन्त्रीले उठाएको प्रश्नमा प्रधानन्यायाधीश राणाले दिए यस्तो जवाफ

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बाहिर उठेका प्रश्न इजलासको सरोकारको विषय नभएको बताएका छन् । संसद विघटनविरुद्ध निवेदकले संवैधानिक इजलासमा बहस गरिरहेका बेला प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले बाहिरको कुरामा इजलासको सरोकार नहुने जवाफ दिएका हुन् ।

निवेदकका तर्फबाट अधिवक्ता सुनिल पोखरेलले बहस गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशमाथि दबाबपूर्ण अभिव्यक्ति र पूर्व प्रधानन्यायाधीशले नागरिकका हैसियतले बोलेको कुरामा झाको झार्ने काम गरे भनेर प्रश्न उठाएका थिए ।

त्यसको जवाफमा प्रधानन्यायाधीशले भने, ‘बाहिर कसले के भन्यो हाम्रो सरोकारको कुरा होइन । कानुनमा छैन। हाम्रो माइन्डमा छैन। हार्टमा पनि छैन। इजलासभित्रको विषयमा जे छ त्यो हाम्रो सरोकार हो।’

संसद विघटनपछि चार जना पूर्व प्रधानन्यायाधीश शुशीला कार्की, कल्याण श्रेष्ठ, मीनबहादुर रायमाझी र अनुपराज शर्माले संयुक्त विज्ञप्ति जारी गरेर आकर्षित नहुने धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरिएको र यो असंवैधानिक भएको बताएका थिए ।

यो धारणापछि प्रधानमन्त्री ओलीले पूर्वन्यायामूर्तिले अदालतलाई प्रभावमा पार्न खोजेको टिप्पणी गर्दै आफ्नो पालमा कस्तो न्याय दिए होलान भनी प्रश्न गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको