April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार
KN hd tv

संवैधानिक इजलासको मुद्दा बृहत्‌मा लैजान नमिल्ने प्रधानमन्त्रीका वकिलको जिकिर

काठमाडौं– प्रतिनिधि सभा विघटनको मुद्दा संवैधानिक इजलासले हेर्ने प्रधानन्यायाधीशले निर्णय गरेपछि फेरि वृहद इजलास गठनको आवश्यकता नभएको वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले बताएका छन्।

‘कानुनको व्याख्या पूर्ण इजलासले गर्ने व्यवस्था छ। संवैधानिक व्याख्या संवैधानिक इजलासले गर्छ। यो संविधान आएपछि बृहत् इजलासको नजीर छैन‚’ उनले भने‚ ‘कहिले इजलास, कहिले बृहत् इजलासको कुरा उठाइरहेका छौं। संवैधानिक इजलासमा पनि ५ जना छन्, त्यसलाई संवैधानिक इजलास भन्ने कि बृहत् भन्ने?’

उनले बृहत् इजलासमा बहस गर्नका लागि  संविधान संशोधनको माग आकर्षित हुने बताए। ‘संवैधानिक इजलासले हेर्ने मुद्दामा प्रधानन्यायाधीशसमेत संलग्न हुने भएकाले  फेरि बृहत् इजलासमा लैजाने?’ भनी उनले प्रश्न गरेका छन्। उनले बृहत् इजलासको कुरा उठाएर निवेदकहरुले मुद्दा लम्ब्याउन चाहेको आरोप लगाए।

शीर्ष समाचार

धेरै पढिएको