यसरी मनाइयो देशभर राष्ट्रिय योग दिवस (फोटोफिचर)
काठमाडौँ – आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय योग दिवस दिवस मनाइएको छ ।
राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा बिहिबार ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी देशभर योग दिवस मनाइएको हो । साथै समितिले प्रधानमन्त्री निवास बालुवाटारमा पनि योग दिवसको आयोजना गरी योग दिवस मनाएको छ ।
उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सरकारका उच्च अधिकारीहरू, योगगुरू लगायतको उपस्थिति थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा योग दिवस मूल समारोह समिति गठन गरिएको थियो । कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए ।
त्यस्तै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहले पनि बिहीबार दमौलीस्थित खुला मैदानमा शिविर आयोजना गर्दै योग दिवस मनाएको छ । सर्वसाधारणका लागि सञ्चालन गरिएको उक्त शिविर एक सातासम्म सञ्चालन हुनेछ ।
मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ ।














प्रतिकृया दिनुहोस्