August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

सद्भभावपूर्ण एकताले फड्काे मारोस् : राष्ट्रपति भण्डारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले २९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गरेकी छन्।

गोरखाका राजा शाहले गरेको एकीकरणले विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमी तयार गरेको जनाउँदै राष्ट्रपतिले बहुलताबीच सदभावपूर्ण एकता र राष्ट्रिय सामर्थ्यको सदुपयोग गर्दै अघि बढ्न सके मुलुकले विकासमा फड्को मार्ने विश्वास व्यक्त गरेकी छन्।

‘पुर्खाको त्याग, बलिदान र समर्पणको जगमा निर्माण भएको राष्ट्रलाई समुन्नत बनाउने गहन दायित्व आज हाम्रो काँधमा आएको छ‚’ विज्ञप्तीमा उल्लेख छ।

शीर्ष समाचार

धेरै पढिएको