March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
KN hd tv

मन्त्रिपरिषद्‌को सर्वसम्मतिमा प्रतिनिधिसभा विघटनको सिफारिस भएको ओलीको दाबी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट प्रतिनिधि सभा विघटनको सिफारिस भएको दाबी गरेका छन्। आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयको आधारमा प्रधानमन्त्रीद्वारा गरिएको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन भएको बताए।

प्रतिनिधि सभा विघटनको सिफारिस गर्नको लागि पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकमा केही मन्त्रीहरुले असहमति जनाएको समाचार सार्वजनिक भएको थियो। कतिपय मन्त्रीहरुले सार्वजनिक रुपमै आफू र केही सदस्यहरुले विरोध जनाएको बताएका थिए।

मन्त्रीहरुले नै सार्वजनिक रुपमा बोले अनुसार, सो बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, घनश्याम भुसाल, बर्षमान पुन लगायतले असन्तुष्टि जनाएका थिए। 

शीर्ष समाचार

धेरै पढिएको