May 30, 2023, Tuesday
२०८० जेष्ठ १६, मंगलवार
KN hd tv

१६ वर्षीया टिकटक स्टार सिया कक्करले गरिन् आत्महत्या

मुम्बई – भारतमा एक टिकटक स्टारले आत्महत्या गरेकी छिन् । १६ वर्षीया सिया कक्करले बिहीवार आत्महत्या गरेकी हुन् ।

उनले किन आत्महत्या गरिन् भन्ने अझै खुलेको छैन । तर, लामो समयदेखि डिप्रेसनमा रहेको जनाइएको छ । दिल्लीमा बस्दै आएकी सिया टिकटकमा चर्चित थिइन् ।

सियाले दिल्लीको गीता कोलोनीस्थित आफ्नो घरमा राति ९ बजे आत्महत्या गरेकी थिइन् । बलिउडमा सुशान्त सिंह राजपूतले आत्महत्या गरेको १० दिनपछि सियाले आत्महत्या गरेकी हुन् ।

उनले किन आत्महत्या गरिन् भन्ने खुलेको छैन । उनीबाट कुनै सुसाइड नोट पनि मिलेको छैन । सियाको आत्महत्याले परिवार तनावमा छ । परिवारका कुनै सदस्यले पनि घटनालाई लिएर केही नबोलेको भारतीय मिडियाले जनाएका छन् ।

सामाजिक सञ्जालमा लोकप्रिय सियालाई इन्स्टाग्राममा १ लाखभन्दा बढीले फलो गरेका थिए । उनले २० घण्टापहिले टिकटकमा एक भिडियो अपलोड गरेकी थिइन् ।

प्रहरीका अनुसार लकडाउन भएपछि उनी घरमै बसेकी थिइन् ।

शीर्ष समाचार

धेरै पढिएको