August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

मौसममा सुधार आएपछि बुधबार प्रदूषण घट्यो

काठमाडौं–मौसममा सुधार आएपछि काठमाडौं उपत्यकासहित तराई क्षेत्रमा वायु प्रदूषण घटेको छ। सोमबार र मंगलबारको तुलनामा वायु प्रदूषण घटे पनि बुधबार औसतभन्दा बढी प्रदूषण रहेको छ। हरेक वर्ष जाडो मौसममा प्रदूषण बढ्ने गरेकोमा यस वर्ष पनि वायु प्रदूषण बढेको हो। 

पश्चिमी वायूको प्रभाव कम भएपछि मौसममा सुधार हुँदा प्रदूषणसमेत कम भएको वातावरण विभागले जनाएको छ।  रत्नपार्कमा बुधबार २१७ दशमलव ७१ माइक्रोग्राम पर मिटर क्युव रेकर्ड भएको विभागले जनाएको छ। सोमबार ३१४ दशमलव ८४ माईक्रोग्राम पुगेकोमा मंगलबार २२४ दशमलव ८७ माईक्रोग्राम पुगेको थियाे ।

यस्तै चितवनको सौराहामा बुधबार ८७ दशमलव ९२ माईक्रोग्राम पुगेको छ भने सोमबार १२२ दशमलव ९२ माईक्रोग्राम र मंगलबार १९६ दशमलव ९० माईक्रोग्राम पर मिटर क्युव रहेको विभागले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको