April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
KN hd tv

आज थपिए ५२२ जनामा कोरोना संक्रमित, २ लाख ६२ हजार ७८४ पुग्यो संक्रमितको संख्या

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ५ सय २२ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २ सय २५ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ४ हजार ५ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा ५ सय २२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५७ हजार ४ सय ५४ पुगेको छ। 

मंगलबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्। 

शीर्ष समाचार

धेरै पढिएको