August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

गगन थापाले भने- प्रचण्डले कम्युनिस्ट भएर गल्ती गरें भन्न बाँकी छ

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रचण्ड–माधव समूहले समयमा चेत नपाउँदा वर्तमान अवस्था आएको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीले सोमबार गरेको विरोध प्रर्दशन सभामा थापाले संसदीय प्रणालीको अभ्यास अनुसार प्रचण्ड-माधव समूहले नगरेको बताए। उनले भने, ‘प्रचण्ड र माधवले संसदमा अविश्वास प्रस्ताव ल्याउने ह्याउ नहुँदा नेपाली जनताले यो सजाय भोगेका छौं।’

तीन वर्षअघि भएको दुई पार्टीको अपवित्र गठबन्धनको परिणाम देश, जनता र संसदले भोग्नुपरेको उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबै सुम्पिदा समस्या आएको बताए। प्रधानमन्त्रीका प्रस्तावमा समर्थन गर्न एक पछि अर्को अडान छोड्दै जानु आफ्नो गल्ती भएको प्रचण्डले चार दिन अघि बताएका थिए। त्यसै प्रति संकेत गर्दै थापाले भने, ‘यस्तै कमजोरी गरेको प्रचण्डले स्विकार्दै जाने हो भने प्रचण्डले रत्नपार्कमा उभिएर म कम्युनिस्ट हुन गल्ति गरें भन्न बाँकी छ।’

शीर्ष समाचार

धेरै पढिएको