August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

प्रचण्ड, नेपाल र खनाल गुप्तचरको उच्च निगरानीमा

काठमाडौँ – राष्ट्रिय अनुसन्धान विभागले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल र झलनाथ खनालविरुद्ध उच्च निगरानी सुरु गरेको छ ।

श्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अनुसन्धान विभागले उनीहरुका गतिविधिविरुद्ध निगरानी सुरु गरेको हो ।

श्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्नुअघि नै आफूविरुद्ध बोल्ने सबै नेताहरुका क्रियाकलाप, उनीहरुले गर्ने भेटघाटलगायत गतिविधिविरुद्ध उच्च निगरानी राख्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री कार्यालयकै महाततमा रहेको विभागले नेकपा विभाजनपछि उनीहरुले गर्दै आएका भेटघाटका सूचना संकलन गरी सोझै प्रधानमन्त्रीलाई रिपोर्टिङ गर्ने गरेको बताइएको छ ।

सादा पोसाकमा परिचालित हुने राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले तीनजना नेताहरुको निवास वरपर खटिएका श्रोतले बतायो । संसद विघटनपछि ओली र प्रचण्ड–माधव समूह एक–अर्काप्रति आक्रामक बन्दै आएका छन्

शीर्ष समाचार

धेरै पढिएको