April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासले २२ गतेदेखि निरन्तर सुनुवाइ गर्ने

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासले २२ गतेदेखि निरन्तर सुनुवाइ गर्ने भएको छ। शुक्रबार संवैधानिक इजलासले ५ बुँदामा आदेश जारी गर्दै निरन्तर सुनुवाइ गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग प्रतिनिधिसभा विघटनबारे लिखित जवाफ मागेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको संवैधानिक इजलासले राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयसँग कारण पेस गर्न भनेको हो। 

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरिदिएपछि सर्वोच्चमा दायर भएका १२ निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण पेस गर्न भनेको हो। 

राणासहितको संवेधानिक इजलासले यो मुद्दालाई अग्राधिकारमा राख्दै सर्वोच्चले चाँडो टुंग्याउनसमेत भनेको छ। 

यस्तै सर्वोच्चले संसद्‍मा प्रतिनिधित्व गर्ने सबै दलको रायसमेत लिने भएको छ। यही मुद्दामा थप छलफल आवश्यक भएको भन्दै सर्वोच्चले नेपाल बार एसोसिएसन र सर्वाेच्च बारबाट एमिकस क्युरी मगाउनेसमेत भएको छ। दुवै बारबाट तीन-तीन जनाको एमिकस क्युरी मगाइने भएको हो।  

शीर्ष समाचार

धेरै पढिएको