August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

पछिल्लो २४ घण्टामा ८ संक्रमितको मृत्यु, मृतकको संख्या १८१६ पुग्यो

काठमाडौं– नेपालमा शुक्रबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार ५ जना संक्रमितको मृत्यु भएको थियो।

शुक्रबार एकैदिन ६०८ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ९२ जना सक्रिय संक्रमित छन्। 

गत २४ घण्टामा ४ हजार १४२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३९२ पुगेको छ। हाल ३६९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।     

शीर्ष समाचार

धेरै पढिएको