April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
KN hd tv

संवैधानिक इजलास गठनमा विवाद

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटको सुनुवाइका लागि शुक्रबार गठन गरिएको संवैधानिक इजलास विवादमा परेको छ। बहस सुरु नहुँदै वकिलहरुले इजलास गठनप्रति प्रश्न उठाएका हुन्।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र प्रधानन्यायाधीश राणाबीच विवाद सिर्जना भएको हो। वरिष्ठ अधिवक्ता गोविन्द बन्दी पोडियममा आएपछि त्रिपाठीले यसबारे प्रश्न उठाएका थिए। राणाले भने, ‘हामी कसैले पनि हेरेनौं’ भने के हुन्छ? भन्दै प्रतिप्रश्न गरेका थिए।

तेजबहादुर केसी संवैधानिक इजलासमा किन भनेर प्रश्न उठेको हाे। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र केसीबीच निकटको सम्बन्ध रहेको बताइन्छ।

कानुनबिटमा लामो समयदेखि लेखिरहेका खोज पत्रकारिता केन्द्रका शिव गाउँलेले पनि इजलास गठनमा प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न्यायपरिषदले बनाएको रोष्टर मध्येबाट प्रधानन्यायाधीशको विवेकमा संवैधानिक इजलास गठन हुने हो । तर, यो विवेक प्रयोगमा पनि मनलाग्दी गर्न पाइने र जवाफदेही हुनुनपर्ने भन्ने होइन। वरिष्ठ न्यायाधीश किन परेनन् ? भावी प्रधानन्यायाधीशहरुको बेञ्च हो भने तेजबहादुर केसी कसरी परे ?’

शीर्ष समाचार

धेरै पढिएको