August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको सम्वैधानिक इजलासले शुक्रबार सुनुवाइ गर्ने छ। सवैधानिक इजलासमा एउटा निवेदन दर्ता भएर रहेको छ भने १२ थान बुधबार प्रधानन्यायाधीश राणाको एकल इजलासले पठाएको थियो। यी सबै निवेदनलाई एकै पटक पेशीमा राखेर सुनुवाइ हुने छ। संविधानको धारा ७६ को व्याख्याको विषय भएको भन्दै विघटनविरुद्धका निवेदन संवैधानिक इजलासमा पठाइएको थियो। 

को-को छन् संवैधानिक इजलासमा ?
संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित ९ न्यायाधीश छन्। जसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल रहेका छन्। संवैधानिक इजलासमा सिफारिस भएका न्यायाधीशहरू क्रमशः वरिष्ठताको क्रममा रहेका छन्। यीमध्ये प्रधानन्यायाधीश राणासहितका ५  न्यायाधीशको इजलासले प्रतिनिधिसभा विघटविरुद्धको निवेदनको सुनुवाइ गर्ने छ। 

शीर्ष समाचार

धेरै पढिएको