ओली समूहमा मनोनीत केन्द्रीय सदस्यले गरे पद अस्वीकार
विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेकपा केन्द्रीय कमिटीमा मनोनीत गरिएकाहरुले पद अस्वीकार गर्न थालेका छन्।
केन्द्रीय कमिटीमा मनोनीत भएका प्रदेश १ का मन्त्री र सांसदहरुले पद अस्वीकार गरेको घोषणा गरेका छन्।
प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पार्टी विभाजनले जनता रोइरहेको भन्दै ओली समूहले दिएको केन्द्रीय सदस्य पदको अस्वीकार गरेकी छन्। यस्तै‚ प्रदेश १ का सांसद झापाका गोपाल बुढाथोकीले पनि ओली समूहको केन्द्रीय सदस्यको पद अस्वीकार गरेका छन्।
उनीहरु मात्रै नभएर उदयपुरको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पनि केन्द्रीय सदस्य अस्वीकार गरेका छन्।
प्रदेश १ मा यसअघि माधवकुमार नेपाल निकट मानिने उषाकला राई भने ओली समूहको केन्द्रीय सदस्य बनेकी छन्।
प्रतिकृया दिनुहोस्