August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

शुक्रबारदेखि सार्वजनिक सवारीको जोरविजोर प्रणाली हट्ने, यस्तो छ सुरक्षा मापदण्ड

काठमाडौं – कोरोना महामारीका कारण लामो समयदेखि सवारीमा लगाइएको जोर–विजोर प्रणाली शुक्रबारदेखि हट्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार शुक्रबारदेखि स्वास्थ्यसेवाको मापदण्ड अपनाएर भोलीदेखि सवारी चलाउन पाइनेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख काली प्रसाद रिजालका अनुसार सार्वजनिक सवारी साधनहरुमा विशेष स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मात्र चलाउन पाइनेछ ।

‘हामीले यसका लागि विशेष मापदण्ड पालना गनुपर्ने नीति बनाएका छौं । जसमा मास्क अनिवार्य लगाउनुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, प्रत्येक सवारीमा सेनिटाइजर राख्नुपर्ने लगायतका मापदण्डको पूर्ण पालना गरेर चलाउन सकिनेछ ।’ प्रमुख रिजालले भने ।

बिहिबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवाला निकाय, यातायात व्यवसायी र मजदुर संघका पदाधिकारीहरुको बैठकले जोर विजोर प्रणालीका कारण झनै भिड बढेको र यसले कोरोना संक्रमणको जोखिम पनि बढेको निष्कर्षसहित जोर विजोर प्रणाली हटाउन लागिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको