August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक: अध्यादेश खारेज गर्न अर्को अध्यादेश ल्याइँदै

काठमाडौं – यही सोमबार जारी गरिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजका लागि अर्को अध्यादेश ल्याउन बिहीबार साँझ मन्त्रिपरिषद् बैठक बस्‍ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका संवैधानिक निकायका करिब ४५ पदमा नियुक्तिका लागि सोमबारको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश सिफारिस गरेका थिए। उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै जारी गरिदिएकी थिइन्। 

तर बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले सरकारले जारी गरेको अध्यादेश सर्वसम्मत फिर्ता लिने निर्णय गरेपछि मन्त्रिपरिषद् बस्‍न लागेको हो। आज साँझ ६ बजे मन्त्रिपरिषद् बस्‍न लागेको जानकारी एकजना मन्त्रीले दिएका छन्।

संवैधानिक व्यवस्था अुनसार पुरानो कानुनलाई यथावत फर्काउन अर्को अध्यादेश ल्याउनुपर्छ। त्यसका लागि मन्त्रिपरिषद् बैठकबाटै निर्णय लिएर राष्ट्रपितकहाँ सिफारिस गर्नुपर्ने हुन्छ। 

शीर्ष समाचार

धेरै पढिएको