April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

तीन घण्टापछि सुरु भयो नेकपा स्थायी कमिटी बैठक, ओली पनि सहभागी

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। अपराह्न १ बजेका लागि बोलाइएको बैठक तीन घण्टापछि सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित छन्। उनी अनुपस्थित भएकाले बैठक बस्न सकिरहेको थिएन।गत २१ र २८ गते बसेको स्थायी कमिटीको बैठककै निरन्तरता स्वरुप  आजको बैठक बस्न लागेको हो। अध्यद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमा छलफल हुने कार्यसूची तय गरिएको थियो। तर, त्यसलाई ओलीले अस्वीकार गरेपछि बैठक बस्न सकेको थिएन।

आजै मात्र प्रचण्डले ओलीलाई दुई पटक भेटिसकेका छन्। त्यसैले उनी बैठकमा आउनुमा केही थप समझदारी भएको हुनसक्ने आकलन गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको