August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश खारेज नभए दुर्घटना निम्तिने प्रचण्डको चेतावनी

काठमाडौँ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् (काम,कर्तव्य अधिकार र कार्यविधि) अध्यादेश २०७७’ खारेज नभए दुर्घटना निम्तिने बताएका छन्।

पार्टीमा कुनै छलफल बहस नगरी अध्यादेश ल्याउने विषय कुनै हालतमा उचित मान्न नसकिने चेतावनी दिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए।

‘पार्टी स्थायी कमिटी बैठक चलिरहेको छ। त्यहाँ विवाद यथावतै छ,’ प्रचण्डको भनाई उद्धृत गर्दै सापकोटाले भने, ‘फेरि पार्टीमा विवाद निम्तिने गरी अध्यादेश ल्याएर थप विवाद चर्किने काम भयो।’

संसद अधिवेशन बोलाउन माग गरेकै बखत फेरि अध्यादेश ल्याएको भन्दै प्रचण्डले आपत्ति जनाएका छन्। ‘यसअघि चल्दा चल्दै संसद् अधिवेशन प्रधानमन्त्रीजीले अन्त्य गर्नुभयो,’ प्रचण्डको भनाई उल्लेख गर्दै सापकोटाले भने, ‘अहिले सबै दलले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन्। उल्टै अध्यादेश ल्याएर पार्टीमा विवाद निम्त्याउने काम भयो।’

पार्टीमा विभाजनबाट आफूले पटक-पटक रोकेको बताउँदै प्रचण्डले ओलीले पार्टी विभाजन गर्न उद्यत रहेको बताएका छन्।

शीर्ष समाचार

धेरै पढिएको