April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
KN hd tv

संवैधानिक परिषद्को बैठकमा सभामुख सापकोटा उपस्थित नहुने

काठमाडौं– मंगलबार साँझ ५ बजेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा पनि सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नहुने भएका छन्। यसअघि मंगलबार बिहान ९ बजेका लागि बोलाइएको बैठकमा पनि उनी उपस्थित भएका थिएनन्।

सभामुख उपस्थित नभएसँगै बिहानको बैठक स्थगित भएको थियो। र अर्को बैठक साँझका लागि बोलाइएको थियो। ‘विधिले नमिल्ने बैठक बोलाइएको छ’, सभामुख निकट स्रोतले भन्यो, ‘त्यस्तो बैठकमा सभामुख उपस्थित हुनुहुन्न।’

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ मा अध्यक्षको निर्देशानुसार सचिवले परिषद्को बैठक बस्ने मिति, समय र स्थान तथा छलफलको विषय सूची सहितको सूचना बैठक बस्नुभन्दा कम्तीमा अठ्चालीस घण्टा अगावै सदस्यहरुलाई पठाउनु पर्नेछ व्यवस्था गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको