August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

नेम्वाङले प्रचण्डलाई भनेः ओलीजी र तपाईं मिल्नुको विकल्प छैन

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले भेटेका गरेका छन्।

आइतवार दिउँसो स्थायी कमिटीको बैठक बस्नुअघि प्रधानमन्त्री ओलीका विश्वासपात्र नेम्वाङले अध्यक्ष दाहाललाई खुमलटारमा पुगेर भेटवार्ता गरेका हुन्। अध्यक्ष दाहाललाई भेटेर पार्टी एकताका लागि प्रधानमन्त्री ओलीसँग मिल्नुको लागि आग्रह गरेको उनले बताए। 

‘अध्यक्ष दाहालसँग भेटेर पार्टीभित्रको समस्या समाधानको बिषयमा छलफल भयो’ उनले भने, ‘मैले तपाईहरुले पार्टी एकता गर्नुभएको हो। त्यसको रक्षाका लागि मिल्नुको कुनै विकल्प नभएको उहाँ समक्ष राखे।’ 

‘पार्टीका तल्ला तहका नेता कार्यकर्ता सबैले पार्टी एकता चाहिँ राख्नुभएको छ। त्यसैले देखिएको समस्या समाधान गरेर प्रधानमन्त्री ओलीसँग मिल्नुहोस् भनेको छु,’ उनले भने। पार्टी एकताको पक्षमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल दुवै सकारात्मक भएको उनले बताए। 

प्रचण्डलाई भेटका क्रममा नेम्वाङले पार्टीमा प्रधानमन्त्रीको ओलीको पछिल्लो अडानबारे जानकारी दिएका थिए। पार्टी एकता बचाइराख्न प्रधानमन्त्री ओली गम्भीर रहेको जानकारी दाहाललाई दिएका थिए। 

त्यसक्रममा नेम्वाङले पार्टी एकता बचाइराख्न प्रधानमन्त्री गम्भीर रहेको दोहोर्‍याउँदै विभाजनको संकट टार्न प्रचण्डले पनि विशेष भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

नेम्वाङको कुरा सुनेपछि प्रचण्डले पार्टी एकता बचाइराख्न आफू गम्भीर रहेको जानकारी दिएका थिए। दाहालले जनताको विश्‍वासले यहाँसम्म आइसकेको पार्टीलाई विभाजित हुन नदिने पक्षमा आफू प्रतिवद्ध रहेको जानकारी नेम्वाङलाई दिएको स्रोतले जानकारी दिएको छ। 

शीर्ष समाचार

धेरै पढिएको