August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

कांग्रेस पदाधिकारी बैठक सुरु

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको छ। बैठकमा मंसिर २९ गते सरकारविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

२९ गते कांग्रेसले देशैभरि सरकारविरुद्ध प्रदर्शन गर्दैछ। तनहुँमा पुल उद्घाटनको विषयमा विवाद हुँदा रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रण गरेपछि सरकारविरुद्ध कांग्रेस आक्रमक भएको छ। ‘बैठक सभापतिज्यूको निवास बूढानीलकण्ठमा सुरु भयो,’ महतले भने, ‘बैठकमा पर्सी हुने विरोध प्रदर्शन र पार्टीको महाधिवेशनको विषयमा केन्द्रित हुन्छ।’  

शीर्ष समाचार

धेरै पढिएको