August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

ओली-प्रचण्ड मिल्नुको विकल्प छैन : मुख्यमन्त्री गुरुङ

बेंसीसहर – नेकपाका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपाभित्र देखिएको संकट समाधानका लागि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दहाल (प्रचण्ड) मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

मजुङमा उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेसी–शेरा कालोपत्रे सडकको मंगलबार शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले दुईअध्यक्ष ओली र प्रचण्ड मिलेर अघि बढ्दा मात्र नेकपामा देखिएको संकट समाधान हुने बताए ।

एकीकृत कम्युनिष्ट पार्टी निर्माणको यो अभियानमा दुई अध्यक्षको महत्वपूर्ण योगदान रहेकोले उहाँहरुको संवाद र सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो । यतिवेला सरकार गिराउने र पार्टी अध्यक्ष परिवर्तन गर्ने समय नरहेको उनले बताए । 

‘यो सरकारलाई जनताले पाँच बर्षको लागि म्याण्डेट दिएका छन । पार्टी अध्यक्ष हुने हो भने महाधिवेशनसम्म पर्खनु पर्छ । पार्टी एकताको मर्म भनेको अल्पमत र बहुमतको खेल खेल्न हुनै सक्दैन’, नेता गुरुङले भने, ‘एकताको मर्म भनेको दुवै अध्यक्षले बैठकको एजेण्डा तय गरी सहकार्य र सहमतिमा अघि बढदै पार्टी एकताका बाँकी काम सम्पन्नगरी महाधिवेशन गर्नुपर्छ ।’ यो समय प्रचण्डले प्रधानमन्त्रीको राजिनामा र प्रधानमन्त्रीले प्रचण्डको राजिनामा माग्ने बेला नभएको उनले बताए । एकले अर्कालाई आरोप लगाउने अधिकार पनि पनि नभएको उनले बताए ।

उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेसी–शेरा सडक कालोपत्रे शिलन्यासपछि मन्तव्य राख्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । 

नेता गुरुङले अध्यक्ष बन्न मन लागे ४ महिना धैर्य गर्नुपर्ने भन्दै सरकार भने पूरा अवधि रहने बताए । ‘सरकारले अहिलेसम्म कुनै सरकार र प्रधानमन्त्रीले गर्न नसकेको काम गरेको छ । यो सरकार ५ बर्ष टिक्छ । राजिनामा माग्नु जनमतको म्याण्डेट विपरित हुन्छ । जहाँसम्म पार्टी अध्यक्षको कुरा छ त्यो महाधिवेशनले तय गर्छ’,’नेता गुरुङले भने ।

प्रधानमन्त्री ओलीले अबको महाधिवेशनमा अध्यक्ष नउठने बताएकाले प्रचण्डलाई सहमतिको अध्यक्ष बनाउन सकिने उनले बताए । तर, यस्तै शैली हो भने एकता महाधिवेशन गर्ने र सहमतीमा अध्यक्ष बन्ने कुरा प्रचण्डले समेत गुमाउन सक्ने उनले बताए । 

शीर्ष समाचार

धेरै पढिएको