काठमाडौं उपत्यकाका घर बनाउँदै हुनुहुन्छ? साढे २ तलाको घर बनाउन कति लाग्छ खर्च?
काठमाडौं–के तपाई काठमाडौं उपत्यकाका घर बनाउँदै हुनुहुन्छ? कति आनाको जग्गामा घर बनाउँदै हुनुहुन्छ? कस्तो घर बनाउँदै हुनुहुन्छ? घर सधैं बनाउन सकिने विषय पनि हैन। घर बनाउँदा गुणस्तरीय निर्माण सामग्रीको प्रयोगमा बढी ध्यान दिनु पर्छ।
त्यसमा पनि सिमेन्ट, बालुवा र डन्डीको गुणस्तरमा कहिल्यै पनि सम्झौता गर्न नहुने निर्माण कम्पनीहरु बताउँछन्। निर्माण साम्रगीको मूल्यमा आउने उतारचढावले पनि लागतमा तलमाथि पर्ने हुन्छ। सामान्यतयः ३ देखि ४ आनाको जग्गा (२४०० वर्ग फिट) मा अहिले साढे २ तलदेखि साढे ३ तलाको घर बनाउनेको संख्या बढी छ।
पिको वरदान कस्ट्रक्सन प्रालिका अनुसार अहिले काठमाडौं उपत्यकामा ३ देखि ४ आनाको जग्गामा साढे २ तलाको घर बनाउन न्युनतम ७५ लाख देखि ८० लाख रुपैयाँसम्म लाग्छ। तर, उक्त रकममा १० प्रतिशतसम्म तलमाथि समेत हुने प्रालिका सञ्चालक विजय पटेल बताउँछन्।
साढे २ तलाको घर बनाउन गिट्टी लगभग २ लाख ५० हजार रुपैयाँको लाग्छ भने बालुवा ५ लाख ५० हजारसम्म लाग्ने प्रालिको तर्क छ। यसैगरी, सिमेन्ट १३ सय बोरासम्म लाग्ने र यसमा ११ लाख रुपैयाँभन्दा बढी खर्च हुनेछ। यसैगरी, डन्डी १२ टनसम्म खर्च हुँदा १० लाख रुपैयाँभन्दा बढी लाग्छ भने साढे ६ लाख रुपैयाँसम्मको इँट्टा खर्च हुने पटेल बताउँछन्।
यसैगरी साढे २ तलाको घर बनाउँदा लेवर शुल्कमा पनि १० लाख रुपैयाँसम्म खर्च हुने उनको भनाइ छ।
प्रतिकृया दिनुहोस्