March 4, 2024, Monday
२०८० फाल्गुन २१, सोमबार
KN hd tv

कोरोनाबाट एकैदिन २३ जनाको मृत्यु, १३८२ संक्रमित थपिए

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा १३ सय ८२ जना जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६ सय २१ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख २९ हजार ५४ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १७ लाख ९९ हजार ६ सय ८६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय ३७ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको