April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
KN hd tv

क्रिसमसपछि अमेरिकामा संक्रमणको नयाँ लहर फैलिन सक्ने डा. फाउचीको चेतावनी

एजेन्सी- अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विज्ञ डाक्टर एन्थोनी फाउचीले क्रिसमसपछि कोरोना भाइरसको अर्को लहर आउने चेतावनी दिएका छन् ।

‘थ्याङस्गिभिङ डे’पछि कोरोनाको सङ्क्रमण बढेकाले  क्रिसमसपछि संक्रमण झन् बढ्ने फाउचीको चेतावनी छ ।

क्रिसमस र नयाँ वर्षको छुट्टीको समय थप चुनौतिपूर्ण बन्न सक्ने र त्यो नयाँ लहर ल्याउने कारक बन्न सक्ने उनले चेतावनी दिएका छन् ।

सीएनएनसँग कुराकानीमा फाउचीले भने,’यो लामो बिदाको समय भएकाले यसले परिस्थितिलाई थप जटिल बनाउन सक्छ।’

फाउचीलाई राष्ट्रपति-निर्वाचित जो बाइडनले कोभिडका विषयमा आफ्नो प्रमुख चिकित्सा सल्लाहकारको रूपमा काम गर्न आग्रह गरेका छन् ।

अमेरिकामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या औसतमा दैनिक दुई लाख पुग्दै आएको छ ।

अस्पतालहरू कोरोना भाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्युयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन् ।

अमेरिकामा अहिले १ करोड ५३ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको