बिहेको दिनमा यस्ताे देखिइन् श्वेता
काठमाडौं – अभिनेत्री श्वेता खड्का र प्रेमी विजयन्द्र सिंह रावतबीच आज बिहे हुँदै छ। विवाहको कार्डअनुसार श्वेताको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुँदै छ। बिहेकै दिन उनले आफ्नो फेसबुकबाट फोटो सार्वजनिक गरेकी छन्।
फोटोमा उनी धेरै खुसी भएको देखिएकी छिन्। उनले लेखेकी छन्,‘मेहन्दीको रङहरूसँगै खुल्दै छु म,जीवनको नयाँ पानाहरूमा भुल्दै छु म’
कोरोनाको सन्त्रास भन्दै गन्यमान्य व्यक्तित्वहरु, सञ्चारकर्मीहरु लगायत आफ्ना आफन्तहरु समेतलाई बिहेमा सामेल गराउन असमर्थ भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी छन्।
श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनीहरुले आधिकारिक रुपमा भने यस कुरालाई स्वीकार गरेका थिएनन्। तर‚ उनीहरुको विवाहको कार्ड नै बाहिरिए विवाह हुने सार्वजनिक भएको हो।
अभिनेत्री खड्काले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। तर, विवाहको एक महिनापछि साउन २५ गते श्रीकृष्णको निधन भयो।





प्रतिकृया दिनुहोस्