August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

सुनको मूल्य २ सय रुपैयाँले घट्यो

काठमाडौं-साताको पहिलो दिन सुनको मूल्य २ सय रुपैयाँले घटेको छ।

आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँ तोकिएको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने स्थिर देखिएको छ। शुक्रबार १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि पनि १२ सय १० रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको