March 21, 2023, Tuesday
२०७९ चैत्र ७, मंगलवार
KN hd tv

गौतमबुद्ध बिमानस्थलको काम २५ दिनभित्र सक्न पर्यटनमन्त्रीको निर्देशन

कपिलवस्तु- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न निर्देशन दिएका छन् ।

शनिबार विमानस्थलको स्थलगत निरीक्षणपछि मन्त्री भट्टराईले आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई २५ दिनभित्र काम सक्न निर्देशन दिएका हुन् ।

‘तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु । आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिनपछि मलाई जवाफ दिनुपर्छ, काम सकाउनुपर्छ,’ भट्टराईले भने ।

निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सम्पन्न भएर राष्ट्रिय आयोजनामा एक नम्बर हुने पनि उनले विश्वास व्यक्त गरे ।

कोरोनाका कारण काममा प्रभाव परेको बताउँदै उनले उपकरण जडानका लागि आवश्यक केही विदेशी दक्ष जनशक्ति नेपाल ल्याउन सबै प्रयास गरिरहेको पनि बताए ।

मन्त्री भट्टराईले भने, ‘सकेसम्म उहाँहरु आउनुहुन्छ । यदि कोरोनाकै कारण आउनुभएन भने नेपाली जनशक्तिले नै काम गर्नुहुन्छ ।’

आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनाको काम ९२ प्रतिशत सकिसकेको भन्दै बाँकी काम विदेशमा रहेका जनशक्ति नआउँदा रोकिएको बताए।

शीर्ष समाचार

धेरै पढिएको