August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

प्रतितोला १६ सयले बढ्यो सुनको मूल्‍य

काठमाडौं – सुनको भाउ आज एकैदिन प्रतितोला १६ सय रुपैयाले बढेको छ। हिजो ९१ हजार रुपैयाँ तोलामा रहेको छापावाला सुनको मूल्य बढेर आज ९२ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजावी सुन पनि १६ सय रुपैयाँले नै बढेर ९२ हजार १ सय ५० रुपैयाँ पुगेको छ। तेजावी सुनको मूल्य हिजो ९० हजार ५ सय ५० थियो। चाँदीको भाउ २० रुपैयाँले बढेर तोलाको १२ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।  

शीर्ष समाचार

धेरै पढिएको