June 9, 2023, Friday
२०८० जेष्ठ २६, शुक्रबार
KN hd tv

प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेपछि रामचन्द्र पौडेल रिहा

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले तीन घण्टा नियन्त्रणमा राखेपछि रिहा गरेको छ। आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर भर्खरै मात्र उनलाई नियन्त्रणमुक्त गरिएको तनहुँ प्रहरीले जानकारी दिएको छ। 

निषेधाज्ञा तोडेको आरोपमा प्रहरीले नेता पौडेललाई नियन्त्रणमा लिएको थियो। पौडेलले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई हिरासतमा लिएको जानकारी गराएका थिए।

प्रहरीले पौडेललाई नियन्त्रणमा लिएपछि कांग्रेस सभापति शेरबहादुर देउवालगायतका कांग्रेस नेताहरूले चर्को विरोध जनाएका थिए। 

तनहुँमा पुल उद्घाटनमा कांग्रेस र युवासंघबीच विवाद भएपछि निषेधाज्ञा जारी गरी गरिएको थियो। सो निषेधाज्ञा उल्लंघन गरेको भन्दै पौडेललाई पक्राउ गरेको हो।

व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको थियो।

शीर्ष समाचार

धेरै पढिएको